Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

महिलाले लगाउने तीन महिने संगीनी सुई खसीलाई !


घर पालुवा पशुलाई गर्भ निरोधक सुई दिइन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । काभ्रेका एक किसान भक्तपुरको कमल विनायकमा रहेको औषधी सञ्चालकसँग तीन महिने संगीनी सुई माग्दै थिए । उनले दुईवटा सुई ती औषधी पसलेसँग मागे । ती किसानको घरमा केही संख्यामा खसी पालिएको रहेछ । घरमा एकदिन आएका पशु स्वास्थ्य चिकित्सकसँग उनले खसी मोटाएन भनेर दुःखेसो गरेछन् ।

पशु चिकित्सकले उनलाई भनेछन् ‘मैले भन्न त मिल्दैन यसलाई संगीनी सुई लगाई दिनुहोस् । ’ सुई लगाएपछि खसी मोटाउने बोसो धेरै हुने हुँदा किसानलाई फाइदा हुन्छ भन्ने भ्रम रहेको औषधी व्यवसायी बताउँछन् ।

नेपालका शहरी र ग्रामिण भेगमा पालिने खसी, बोका, राँगामा समेत गर्भनिरोध सुई लगाउने गलत कार्य केही वर्षयता बढेको भक्तपुरका अर्का औषधी पसलेले बताए ।जसको कारणले मासुजन्य रुपमा पालिने पशु मोटाउने, मासुमा बोसोको मात्रा बढ्ने, मासुमा पानीको मात्रा धेरै हुँदा प्रोटिनको मात्रा कम हुने भक्तपुर अस्पतालकी प्रमुख डा सुमित्रा गौतमको जानकारी दिइन् । सिधै केही असर त नदेखिएला तर, अन्य कुरामा असर पर्ने उनको भनाई छ । ‘मासु खाने आम उपभोक्ताले मासुबाट पाउनुपर्ने पर्याप्त प्रोटिन नपाउने हुन्छ,’ डा गौतमले भनिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार