Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने मन्त्रिपरिषद्को निर्णय


सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको हो । फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिँदै छ। उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट छानिनुपर्ने व्यबस्था छ।

संवैधानिक प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगका पदाधिकारीहरूले माघको दोस्रो साताभित्र चुनाव गर्न सुझाएका थिए।

आयोगको प्रस्ताव बमोजिम नै निर्वाचन मिति तोकेर अघि बढ्न सरकारले आयोगलाई आग्रह गरेको छ । सत्ता गठबन्धन राष्ट्रिय सभाको निर्वाचनमा पनि सहकार्य गरेर अघि बढ्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार