योगगुरु रामदेवलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘साधु स्वभाव’का नेता भएको बताएका छन् । काठमाडौंमा पतञ्जलि योग पिठमा आयोजित कार्यक्रममा पतञ्जलिका विभिन्न योजनाहरू उद्घाटनपछि रामदेवले देउवाको प्रशंसा गरेका हुन् ।
रामदेवले आफ्नो प्रशंसा गरेपछि देउवाले पनि उनको प्रशंसा गर्दे रामदेवले नेपाललाई निकै माया गर्ने गरेको बताए । देउवाले भने, ‘बाबा रामदेवले नेपाललाई प्यार गर्नुहुन्छ, त्यसैले नेपाल आइरहनुहुन्छ ।’
रामदेवसित मिलेर नेपालका लागि धेरै काम गरेको भन्दै देउवाले आचार्य बालकृष्णप्रसादलाई धन्यवाद पनि दिए ।





