Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

अमेरिकी सहायक विदेश मन्त्री लु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, एमसीसीबारे लुको जिज्ञासा


अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लु नेतृत्वको प्रतिनिधि मण्डलले पूर्वप्रधानमन्त्री समेत ओलीसँग सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भेटवार्ता गरेको हो।

उनीहरूबीच एमसीसी सम्झौता, दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको बताइएको छ। ओलीले एमसीसी अघि बढाउने काम सरकारको भएको बताएका थिए ।

भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य विष्णु रिमाल पनि सहभागी थिए। अमेरिकी विदेशमन्त्री लु नेतृत्वको टोलीले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछ।


प्रतिक्रिया दिनुहोस !
विचार