Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

मुख्यमन्त्रीले विश्वासको मत लिन कर्णाली प्रदेशसभाको बैठक बाेलाइयाे


कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन्।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागि संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक मङ्सिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ,’ प्रदेशसभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मन्त्रालयमा भागवण्डा नमिल्दा मुख्यमन्त्री शाहीले मन्त्रिमण्डललाई पूर्णता दिन भने सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार