नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई महाधिवेशनको निमन्त्रणा दिएको छ । एमालेका नेता सुवासचन्द्र नेवाङ र राजन भट्टराईले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई एमालेको महाधिवेशनको निमन्त्रणा दिएका हुन् ।
चितवनमा यहि १०-१२ मंसिरसम्म हुने एमालेले महाधिवेशन गर्न लागेको छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको पार्टीले जनाएको छ ।
एमालेले महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी)बाहेक सम्पूर्ण दललाई निमन्त्रणा पठाउने बताएको छ । महाधिवेशनको उद्घाटन समारोह नारायणी किरारमा हुनेछ भने बन्द शत्र सौरहामा गर्ने पार्टीको तयारी छ ।





