Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

समस्या समाधान गर्न तयार रहेको भन्दै प्रधानन्यायाधीशले बारलाई पठाए पत्र


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसियसनलाई वार्ताका लागि आह्वान गरेका छन्। उनले आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका हुन्।

नेपाल बारका महासचिव लिलामणि पौडैलले प्रधानन्यायाधीश जबराबाट पत्र प्राप्त भएको जानकारी दिए। बारले छलफलपछि जवाफ दिने वा नदिने निर्णय लिने उनले बताए। बारलाई राणाले समस्या समाधान गर्न तयार रहेको भन्दै वार्ताका लागि पत्र पठाएका हुन् ।

बारले आज दिउँसो ३ बजेसम्म राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई अल्टिमेटम दिएको थियो। राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने बारका अध्यक्ष श्रेष्ठले चेतावनी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार