Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रदीप नेपालले छोडे माधव नेपालको साथ, माधव नेपाल धोकेबाज भएको आरोप


केहीदिन अघि मात्रै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गरेका नेता प्रदीप नेपालले पार्टी परित्यागको घोषणा गरेका छन् । माधव नेपालले आफूलाई धोका दिएको भन्दै उनले पार्टी त्यागेको घोषणा गरेका हुन् ।
जनताको बहुदलीय जनवाद अंगिकार नगरे नाम नलेख्न आफूले आग्रह गरेको तर, माधव नेपालले धोका दिएको उनको भनाइ छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रदीप नेपालले एकीकृत समाजवादी त्यागेर केपी ओलीसँग भने नजाने उल्लेख गरेका छन् । केपी ओली तानाशाही भएका कारण उनको पार्टीमा जान नसकिने नेपालको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार