Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

धर्म परिवर्तन गराउने यी पास्चरलाई दुई वर्ष कैद सजाय


धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको हो।

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको अदालतका वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए।

‘दुई वर्ष कैद र २० हजार जरिवाना सुनाएको छ तर यो अन्तिम निर्णय होइन। पुनरावेदन हुनसक्छ,’ उपाध्यायले भने। पाश्चर आचार्य गत वर्ष चैत ११ गते पोखराबाट पक्राउ परेका थिए। उनले आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए। उनले यशुले कोरोना भाइरस निको पारिदिने भन्दै अफवाह फैलाएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार