अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छिन्। करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ को परीक्षा पार गरेकी हुन्। परीक्षाफल सन्तोषजनक रहेको उनको भनाइ छ।
‘१२ पास हुँदा निकै खुशी लागिरहेको छ। कोरोना महामारीका कारण कक्षा नियमित सञ्चालन भएको थिएन्। जसकारण यसपटक धेरै अपेक्षा थिएन। तर, राम्रै नतिजा आएको रहेछ। दुईटा विषयमा त ए प्लस आएको छ,’ उनले भनिन्।
आगामी दिनहरुमा पनि पढाईलाई निरन्तरता दिने सोच रहेको उनले बताइन्। कक्षा १२ को नतिजा आजै प्रकाशित भएको थियो ।






