वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार सरस्वती पूजा कै दिन ‘मल्टी अर्गान फेलर’का कारण मंगेशरको निधन भएको हो भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
स्वास्थ्यमा समस्या देखिए पछि उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो । आज यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचार पछि स्वास्थ्यमा क्रमिक सुधार आए पछि उनलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आए पछि हिजो भेन्टिलेरमा राखेर उनको उपचार थालिएको थियो ।
लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी थिइन्। उनले ३० हजार भन्दा धेरै गीत गाइसकेकी छिन् । उनी फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित भएकी थिइन् ।
उनले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी थिइन् ।





