Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

राष्ट्रपति भण्डारीद्वारा ५३१ कैदीलाई माफी


संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ५ सय ३१ जना बैदीले माफी भएका छन् । नेपालको संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को मिति भदौ २९ गतेको सिफारिसमा ५ सय ३१ जनालाई माफी भएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधानअनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारी समेतका ८ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७८ को अवसरमा माफी भएको छ।’

यस्तै, संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतबाट साउन १९ मा भएको परमादेशको आदेश, मुलुकी अपराधसंहिता, २०७४ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को भदौं २९ गतेको सिफारिसमा संविधान दिवसको अवसरमा असोज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।

हेर्नुहोस् विज्ञप्ति :


प्रतिक्रिया दिनुहोस !
विचार