
सर्वोच्च शिखर सगरमाथाबाट शिवपुराणका नेपाली र अंग्रेजी अनुवाद ग्रन्थहरु सार्वजनिक गरिएका छन् । डा.बद्री पोखरेलले संस्कृतबाट नेपाली र अंग्रेजीमा अनुवाद गरेका ग्रन्थहरु सगरमाथाबाट सार्वजनिक गरिएको हो ।
अंग्रेजी अनुवाद छुवाङ काल्देन शेर्पा र नेपाली अनुवाद लाक्पा डेण्डी शेर्पाले मे १३ मा सगरमाथाको चुचुरोबाट अनावरण गरेको डा.बद्री पोखरेलले जानकारी दिए । शिवपुराणका अनुवादहरु सर्वोच्च शिखरबाट अनावरण गर्न पाउनु अध्यात्मज्ञानमा आस्था र श्रद्धा भएकाहरुका लागि गर्वको विषय भएको भन्दै उनले यस्तो पवित्र कार्यमा सहयोग गर्ने थामसेर्कु टे«किङ एण्ड एक्सिपिडिसनप्रति आभार समेत व्यक्त गरे ।
पूर्विय दर्शनमा गहिरो अध्ययन भएका डा. पोखरेलले १८ वटै पुराणहरुको नेपाली अनुवाद गरिसकेका छन् ।