Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

रास्वपाले दियो ओलीलाई धन्यवाद


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै संसदीय दल नेतासमेत रहेका उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले पार्टीलाई अप्ठ्यारो पर्दा आफूहरूको पक्षमा उभिएको भन्दै एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिएका हुन्।

‘हाम्रो दललाई आपत पर्दा, हामीमाथि संकट आइपर्दा यसै रोस्टमबाट हाम्रो पक्षमा उभिनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति पार्टीका तर्फबाट धन्यवाद दिन चाहन्छु,’ उनले भने।

उनले विषम परिस्थितिमा हौसला दिने सबै दलका नेताप्रति पनि पार्टीले आभार प्रकट गरेको बताए।


प्रतिक्रिया दिनुहोस !
विचार