Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

प्रचण्ड फकाउँदै ओली, २ घण्टाको भेटमा के भयो कुरा ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार पुगेका थिए । दशैअघि गएको असोज २० गते भेटघाट गरेयता ओली र प्रचण्डका बीचमा भेटघाट भएको थिएन । दशैं सकिनै लाग्दा अर्थात कोजाग्रत पुर्णिमाको अघिल्लो दिन दुई शीर्ष नेताबीच भेट भएको हो ।

दशै. लगत्तै सरकार ढल्दैछ भन्ने हल्लाकाबीच भएको यो भेटघाटलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ । केही साताअघि सम्म पानी बाराबारको झैं अवस्थामा रहेका दुई शीर्ष नेताले यस्तो समयमा भेट गरेका छन् कि जुन भेटले राजनीतिक वृत्तमा खुल्दुली पैदा गरेको छ । नेपाली कांग्रेसको चियापान शनिबार हुँदैछ भने त्यसैको अघिल्लो दिन ओली र प्रचण्डको भेट भएको छ । सरसर्ती हेर्दा कांग्रेसको चियापानसँग प्रचण्ड र ओलीको भेटको कुनै साइनो भए जस्तो त देखिन्न तर, यसले राजनीतिक बजारमा भने सानोतिनो भुकम्प नै ल्याइदिएको छ ।

नेपाली कांग्रेसका नेताहरुले सरकारबाट हात झिक्न सकिने कुरा बताइरहेका बेला दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिनुलाई अन्यथा मान्न सकिन्नँ । भनिन्छ राजनीतिमा हरेक सम्भावना जिवित रहन्छन् । नेपाली कांग्रेसका नेताहरुले प्रचण्डलाई सत्ताका कुरा तेस्र्याएर तर्साइरहेका बेला ओली र प्रचण्डबीचको भेट पुस १० मा फर्कने विषयमा केन्द्रित भएको हुनसक्ने केहीको बुझाई छ । गएको पुस १० गते एमालेको अगुवाईमा राजनीतिक कोर्सले नसोचेको बाटो समातेको थियो । माओवादीसँग चुनावी गठबन्धन गरेर अघि बढेको नेपाली कांग्रेसलाई आश्चर्यचकित तुल्याउँदै ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए भने ओलीकै प्रस्तावमा राप्रपा, रास्वपा लगायतका दलहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए । नेपाली कांग्रेसलाई जिल्ल्याउँदै ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि ओली र प्रचण्डको मिल्ती लामो समय टिक्न सकेको थिएन । कांग्रेसलाई जिल्ल्याएका ओलीलाई कांग्रेसले फेरि जिल्ल्याइदिएको थियो । राष्टपतिको चुनावमा आइपुग्दा नपुग्दै आफूबाट टाढिएका प्रचण्डलाई कांग्रेसले आफ्नो बनाउन भ्याइसकेको थियो । ओलीको पञ्जामा झैं भएका प्रचण्डलाई ओलीबाट फुत्काउन कांग्रेस सफल भएको थियो ।

यो त भयो उतिबेलाको कुरा । अहिलेको ताजा कुरा चाहिँ ओली र प्रचण्डको भेटको सन्दर्भ हो । यो भेटले राजनीतिको सुई पक्कै स्थिर रहिनरहला भन्ने ठम्याई हो । हुन त शुक्रबारको भेटमा ओली र प्रचण्डबीच टिआरसी विधेयकबारे छलफल भएको भनिएको छ । र, मुख्य कुरा त्यसैमा केन्द्रिति थियो भनिएको छ । तर, दुई घण्टा भन्दा बढिको भेट त्यही विषयमा गन्थन मन्थन गरेर मात्रै बित्यो होला भनेर भनियो भने चाहिँ पत्याउँन मुस्किल पर्ला । केही समयअघि कोशी प्रदेशमा एमालेले हानेको दाउ नलागेपछि एमाले रन्थनिएको र केन्द्रमै चलखेल गर्न खोेजेको रुपमा केहीले बुझेका छन् । गठबन्धन भत्काउँन कोशीमा हानेको बल्छीले काम नगरेपछि एमालेले नयाँ उपाय रचिरहेको र त्यही उपायको कार्यान्वयनका लागि ओली प्रचण्ड फकाउन सिंहदरबार छिरेका होइनन् होला भन्न सकिन्नँ । यता प्रचण्ड सरकारलाई लिएर कांग्रेसले ल्याङल्याङ गरिरहेका बेला प्रचण्डलाई सान्त्वना दिन ओली प्रचण्डकोमा पुगेको हुन सक्छन् । कांग्रेसले प्रचण्ड सरकारबाट हात झिके झिकोस् पुस १० कै सहमतिमा फर्किउँ भन्ने ओलीको भनाई हुन सक्छ । यदि ओलीले त्यस्तो प्रस्ताव शुक्रबारको भेटघाटमा प्रचण्ड


प्रतिक्रिया दिनुहोस !
विचार