Logo
२०८१, ७ जेष्ठ सोमबार
|  Mon May 20 2024

कोटेश्वर डोजाङले फागुन अन्तिम साता योस्टार खुला तेक्वाडो च्याम्पियनशिप गर्दै


फागुन अन्तिम साता प्रथम योङ स्टार ओपन तेक्वान्डो च्याम्पियनशीप हुने भएको छ । फागुन २५ र २६ गते कोटेश्वर तेक्वान्डो डोजाङको आयोजनामा काठमाडौमा खेल हुने भएको हो ।

युवापुस्तामा तेक्वान्डोमा वितृष्णा छाइरहेको बेला कोटेश्वर डोजाङले खेल आयोजना गर्न लागेको हो ।

प्रतियोगिता फागुन २५ गते बिहान ७ बजे बाट सुरु हुने आयोजकले जनाएको छ ।

युवा खेलाडीहरु नेपालमा तेक्वान्डो खेलेर केही हुँदैन भन्ने सोच लिएर खेल खेल्न छोडेको अवस्थामा नेपालमा पनि तेक्वान्डोमा अझै क्रेज छ भनेर प्रतियोगिता आयोजना गर्न लागेको आयोजक कमिटीका संयोजक एलिस ठकुरीले बताए ।
प्रतियोगितामा सहभागि हुन इच्छुक खेलाडीका लागि आयोजकले फागुन २० गतेसम्मका लागि खेलाडी दर्ता मिति निर्धारण गरेको छ ।

आयोजक कमिटिका संयोजक एलिस ठकुरीका अनुसार खेलाडी दर्ता शुल्क भने पाँच सय रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार