Logo
२८ आश्विन २०८२, बुधबार
|  Wed Oct 15 2025

सुनको मुल्य लगातार घट्दा ग्राहकमा खुसीयाली


सुनको मुल्य लगातार घट्दा यतिबेला ग्राहकमा खुसीयाली छाएको छ । सुनको मुल्य घटेसँगै नेपाली बजारमा सुन किन्नेको भिड लागेको छ । सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको भाउ आज मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको हो।

यो दुई दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार